News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको बोनश शेयर घोषणा

    आर्थीकसंसार संवाददाता२० असोज, २०७८
    ९०५ पटक
    २० असोज, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनश शेयर घोषणा गरेको छ । असोज १९ गते बसेको २७७औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लागि कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नद लाभांशको प्रस्ताव गरेको हो ।
    सञ्चालक समितिले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्रै साधारणसभामा पेश गरिनेछ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्ने छन् । बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा दोब्बरले लाभांश बृद्धि गरेको हो । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी तीन अर्ब रुपैयाँ पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्