News Portal

  • एलआईसी नेपालद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७८
    २३११ पटक
    १९ असोज, २०७८

    काठमाडौं । एलआईसी नेपालको तुलसीपुर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । तुलसीपुर उपमहानगरपालिका–५ निवासी रोमकान्त पाण्डेलाई कम्पनीले २९ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।
    मृतक गंगादेवी पाण्डेले वि.सं. २०७१ साल जेठ २८ गते २० लाखको बीमा पोलिसी खरिद गरेकी थिइन् । बीमा रकममा केही प्रतिशत बोनश रकम थप गरी मृतक पाण्डेका श्रीमान रोमकान्तलाई २९ लाख १२ हजार बीमा रकम दिइएको कम्पनीले जनाएको छ ।
    जेठ २३ गते हृदयघातका कारण मृत्यु भएकी पाण्डेको ९ लाख २३ हजार एकसय ७४ रुपैयाँ बीमा वापतको किस्ता जम्मा भएको थियो । कम्पनीले ७ वर्षको ९ लाख १२ हजार बोनश र बीमाङ्क रकम २० लाख गरी जम्मा २९ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

    प्रतिकृया दिनुहोस्