News Portal

  • नबिल बैंकको दशैं धमाका अफर

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७८
    २२०२ पटक
    १९ असोज, २०७८

    काठमाडौं । नेपालीहरुको महान चार्ड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशैं धमाका अफर” ल्याएको छ । यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन् ।
    नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम तीन ससम्म क्यास ब्याक पाउन सक्नेछन् । यस अफर घटस्थापनाको दिन लागु हुने छ ।
    त्यस्तै किरानामा १५ प्रतिशत छुट वा अधिकतम १५ सयसम्म क्यास ब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर अक्टोबर ४ देखि अक्टोबर ११ सम्म लागु हुने छ । दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम पाँच सय रुपैयाँसम्म पाउन सक्नेछन् ।
    यस अफरमार्फत नबिल बैंकले ग्राहकवर्गहरुमा दशैंको उपलक्ष्यमा नयाँ हर्ष ल्याउन खोजेको छ । यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याकको अफर लिन ढुक्क हुन सक्नेछन् ।
    सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्