News Portal

  • एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा पल शाह नियुक्त

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७८
    १२३४ पटक
    १९ असोज, २०७८

    काठमाडौं । एनएमबि बैंकले अभिनेता पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले मंगलबार शाहसँग द्विपक्षीय समझदारी गरेको जनाएको छ ।
    शाह टेलिभिजनको इडिटिङ्ग, म्युजिक भिडियो हुँदै नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको उदयीमान अभिनेतामध्ये एक हुन् ।
    एनएमबि बैंकको ब्राण्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने शाहले बताएका छन् । शाहले अभिनयसँगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन् ।
    बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटीएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्