News Portal

  • हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले सम्हाले पद तथा गोपनियताको लिए सपथ

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७८
    १७३९ पटक
    १९ असोज, २०७८

    काठमाडौं । नेपाल राष्ट्र  बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले बैंकका अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
    अध्यक्ष श्रेष्ठले सपथ ग्रहणपश्चात असोज १९ गते नै बैंक अध्यक्षको पद बहाली गरेका छन् । श्रेष्ठलाई गत असोज १३ गते बुधबारका दिन बसेको बैंकको ४११औं सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंकको सञ्चालक समितिका सदस्य थिए ।
    अध्यक्ष श्रेष्ठले सपथ ग्रहणपश्चात आजै बैंक अध्यक्षको पद बहाली गर्नुभयो । उहाँलाई बैंकका सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणालगायत बैंकका वरिष्ठ अधिकृतहरुले स्वागत गरेका थिए । श्रेष्ठलाई २०७८ साल आश्विन १३ गते बुधबारका दिन बसेको बैंकको ४११औं सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिका सदस्य भएको कुरा बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्