News Portal

  • राष्ट्रिय वाणिज्य बैंकद्वारा थप सात शाखा विस्तार

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७८
    १०८१ पटक
    १९ असोज, २०७८

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ ।
    बाग्मती प्रदेशअन्तर्गत काठामाडौं जिल्लाको चन्द्रागिरीस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरीस्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक, चितवन जिल्लाको बरुवाबजारस्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारामा बैंकले शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
    यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको सदरमुकाम मल्लरानी स्थित शाखा कार्यालय प्युठान मा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ५४ पुगेको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुगी आधुनिक बैंकिङ्ग सेवा पाउने विश्वास व्यक्त गर्नुुभयो । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २ सय ५४ वटा शाखा कार्यालय, २ सय १६ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्