काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्व बैंकर पूर्णप्रसाद आचार्य नियुक्त भएका छन् । उनलाई नेपाल स्टक एक्सचेन्जको बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
इलाम घर भएका आचार्य कृषि विकास बैंकको पूर्व डेपुटी सीईओ समेत हुन् । आचार्य सो बैंकका अवकाश प्राप्त कर्मचारी हुन् । उनले अब सिडिएससीमा आगामी ४ वर्षको लागि नेतृत्व गर्नेछन् ।
छनौट समितिले आइतबार कृष्ण गिरी, भीष्म चालिसे र उनै आचार्यको नाम सिफारिस गरेको थियो । सीईओका लागि आवेदन भने ७ जनाले दिएका थिए । सीईओका लागि पूर्णप्रसाद आचार्य, कृष्ण गिरी, भीष्मराज चालिसे, मानबहादुर खत्री, दिनेशकुमार बर्तौला, डिल्लीप्रसाद चौधरी, कृष्ण लामिछानेले आवेदन दिएका थिए । सञ्चालक समितिले भने तीमध्ये कृष्ण गिरी, भीष्म चालिसे र पूर्णप्रसाद आचार्यको नाम सिफारिस गरेको थियो । तीन जनामा आचार्य सीईओमा नियुक्त भएका हुन् । पूर्व प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कार्यकाल गत असोज ९ मा सकिएपछि सीईओका लागि खुल्ला आवेदन गरिएको थियो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सीईओमा आचार्य नियुक्त
आर्थीकसंसार संवाददाता
- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने