News Portal

  • आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा

    आर्थीकसंसार संवाददाता१८ असोज, २०७८
    १६०१ पटक
    १८ असोज, २०७८

    काठमाडौं । आइएमई पे मिस र युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ । जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आईएमई पे MUNÚ21 को लागि डिजिटल भुक्तानी साझेदार बनेको छ ।
    मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल MUN ले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ । यस बर्षको छोटो तर प्रभावकारी कार्यक्रमको फाइनल अक्टुबर ३० मा सम्पन्न हुँदैछ भने अक्टुबर १० मा क्वार्टर फाइनल पूरा हुने प्रबन्ध रहेकाले यस बेला शीर्ष ५० प्रतियोगीहरु ताजको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
    आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को डिजिटल भुक्तानी साझेदार रहने छ । जसअन्तर्गत मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ्ग गतिविधिहरु आइएमई पेको डिजिटल वालेट एपमार्फत हुनेछ । सो एप एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएस उपकरणहरुका लागि एप स्टोरमा उपलब्ध छ । प्रतियोगिताको अनुभव दर्शक र फ्यानहरुको लागि उत्तिकै महत्वपूर्ण छ जति प्रतियोगिहरुका लागि । तसर्थ, यस साझेदारीले प्रतियोगिताको समावेशीकरणको साझा दृष्टिकोणलाई अझ बुलन्द पार्ने कम्पनीको विश्वास छ ।
    राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय र व्यापक रूपमा प्रयोग गरीएको डिजिटल भुक्तानी पोर्टल आइएमई पे अब फ्यानहरुले आफ्नो मनपर्ने प्रतियोगिलाई अगाडि बढाउन मद्दत गर्ने साधन बनेर आएको छ । अघिल्लो वर्ष जस्तै, क्वार्टर फाइनलका लागि जजिंग स्कोर र भोटिङ्ग मिलाएर औसत अंक निर्धारण गरिनेछ । तथापि, प्रतियोगिता अगाडि बढेसँगै मोडालिटी पनि परिवर्तन हुँदै जानेछ । डिजिटल भुक्तानी साझेदार, आइएमई पेअन्तर्गत सञ्चालन हुने MUNÚ21 भोटिङ्ग को पूर्ण विवरण यस्तो रहेको छ ।
    ● टप ५०, क्वार्टरफाइनल
    ○ सबै प्रतियोगीहरुको टास्क १ (स्विमसूट राउन्ड) र टास्क २ (जजसँग अन्तरवार्ता) का आधारमा समिक्षा गरिनेछ ।
    ○ जजबाट प्राप्त अंकको भार ५०% रहनेछ, जसलाई आईएमई पे मा प्राप्त कुल मतसँग मिलाएर औसत अंकको निर्धारण हुनेछ ।
    ● सेमिफाइनल र फाइनल
    ○ सेमिफाइनलिस्टको घोषणा पछि फाइनलका लागि भोटिङ्ग सुरु हुनेछ ।
    ○ भोटिङ्ग ग्रान्ड फाइनल सम्म जारी रहनेछ । आइएमई पे मा सबैभन्दा धेरै मत प्राप्त गर्ने सेमिफाइनलिस्टका लागि मिस युनिभर्स नेपाल २०२१ को शीर्ष १० मध्ये एक स्थान जनताको छनौटको रूपमा सुरक्षित रहनेछ ।
    ○ प्रेस प्रसतुति पश्चात, २१ अक्टुबरमा, ‘ सोसल इम्प्याक्ट लिडर ’ को लागि भोटिङ्गको घोषणा गरिनेछ जुन पछिल्लो वर्ष ब्रेभ बोल्ड एण्ड ब्युटिफुल सोसल एड्भोकेसीको रूपमा सुपरिचित थियो । आइएमई पे मा आफ्नो सामाजिक अभियानको लागी सबैभन्दा धेरै मत प्राप्त गर्ने सेमीफाइनलिस्टका लागि मिस युनिभर्स नेपाल २०२१ को शीर्ष १० मध्ये एक स्थान प्रभावकारी सामाजिक अगुवाको रूपमा सुरक्षित रहनेछ ।
    आइएमई पे मा युनिभर्स नेपाल २०२१को भोटिङ्ग खुल्ने प्रतीक्षा गर्नुहोस् र आफ्नो मनपर्ने प्रतियोगीलाई प्रतियोगितामा अगाडि बढ्न मद्दत गर्नुहोस्, पहिलो भोट निः शुल्क हुनेछ ।
    मिस युनिभर्स नेपाल २०२० अंशिका शर्माले, अक्टोबर ३०मा मिस युनिभर्स नेपाल २०२१को बिजेतालाई ताज पहिराउनेछिन् । कार्यक्रमको टिकटका बारेमा थाहा पाउन हाम्रा विभिन्न सामाजिक संजालमा हामीसँग जोडिनुहोस् ।
    आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमाः–
    झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
    आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर (QR) मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो ।

    प्रतिकृया दिनुहोस्