News Portal

  • गरिमा विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र चितवन प्याराडाईज होटलबीच छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता१८ असोज, २०७८
    १४०४ पटक
    १८ असोज, २०७८

    काठमाडौं । गरिमा विकास बैंकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र चितवन प्याराडाईज होटलसँग विभिन्न सेवा सुविधामा छुटको लागि सम्झौता गरेको छ ।
    यस सम्झौताअनुसार बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र चितवन प्याराडाईज होटलको शाखाहरुबाट विल भुक्तानी गर्दा रुम र फुड एण्ड वेभरेजमा आकर्षक छुट पाउनेछन् ।
    गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको थप सुविधाको लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरुसँग छुटसम्बन्धी सम्झौता गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्