आर्थीकसंसार संवाददाता१७ असोज, २०७८

काठमाडौं । सन नेपाल लाइफले विभिन्न ४ छुट्टाछुट्टै स्थानमा अभिकर्ता तालिम र मोटिभेशन कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले म्याग्दी, बागलुङ्ग, बुर्तिबाङ्ग र पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले समुद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै महाप्रबन्धक गौतमले कम्पनीको स्थापनाकालदेखि नै सचेतना कार्यक्रम, बीमा अभिकर्ता तालिम र बीमा जागरणसम्बन्धी विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने बताए ।
देशैभर शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।