News Portal

  • एनआईसी एशियाको भाइबर क्विजमा हरेक हप्ता एक जनालाई स्मार्टवाच

    आर्थीकसंसार संवाददाता१५ असोज, २०७८
    ११४० पटक
    १५ असोज, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत भाइबर क्विज बज सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबार भाइबर स्टिकर सार्वजनिक गर्दै भाइबर क्विज सञ्चालन गरेको जानकारी दिएको हो ।
    हालसम्म ४८ हजारभन्दा बढी सदस्यहरू जोडिएको बैंकको भाइबरमा हरेक दिन सञ्चालन हुने क्विजमा ग्राहकहरु सहभागी भइ थुप्रै उपहारहरु जित्न सक्नेछन् ।
    भाइबर क्विजमा दैनिक सहभागी भई त्यहाँ सोधिने सामान्य प्रश्नको सही जवाफ दिने एकजनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच र दैनिक ४ जनाले ५०० रुपैयाँको मोबाइल रिचार्जसमेत जित्न सक्नेछन् ।
    यस क्विजमा सहभागी हुन ग्राहकले बैंकको भाइबर कम्युनिटीमा जोडी त्यहाँ रहेको यस बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने छ । यो क्विज कात्तिक १० गतेसम्म सञ्चालन हुने बैंकले जानकारी दिएको छ ।
    बैंकले मुलुकभर रहेका ३ सय ५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने आएको छ ।

    प्रतिकृया दिनुहोस्