News Portal

  • सानिमा बैंकले ल्यायो दशैं बम्पर योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता१४ असोज, २०७८
    १०५० पटक
    १४ असोज, २०७८

    काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना ल्याएको छ । बैंकले यस योजनाअन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १० दमलव ५१ प्रतिशतसम्म ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको छ । यस योजना आश्विन १ गतेदेखि लागू हुनेछ ।
    जसअन्तर्गत योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्टमार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले १०.५१ प्रतिशतसम्म ब्याजदर दिइरहेको बैंकले जनाएको हो ।
    बैंकका अनुसार यस बैंक खाता खोल्दा पहिलो वर्षका लागि डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाता, अमेरिकी डलर ई–कार्ड निःशुल्क प्रदान गरिनेछ ।
    यसका साथै बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाखसम्मको दुर्घटना बीमा, ३ लाख बराबरको घातक रोगको बीमा, ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक रु हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु ५ हजार बराबरको स्वास्थ्य परीक्षण ग्राहकलाई प्रदान गरिने छ ।

    प्रतिकृया दिनुहोस्