News Portal

  • सिन्धु विकास बैंकका कामु सीईओमा रामकुमार गिरी

    आर्थीकसंसार संवाददाता१४ असोज, २०७८
    १५७५ पटक
    १४ असोज, २०७८

    काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशप्रसाद जोशीले राजीनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले संस्थाको सीईओ पदबाट राजीनामा दिएका हुन् ।
    उनले दिएको राजीनामालाई संस्थाको सञ्चालक समितिको बैठकले कार्तिक १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।
    साथै, उक्त बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीलाई कायम मुकाय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी दिने निर्णय गरेको छ । यससँगै, गिरीले कार्तिक १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मको लागि बैंकको कामु सीईओको कार्यभार सम्हाल्ने छन् ।

    प्रतिकृया दिनुहोस्