News Portal

  • सनराइज बैंकमा ‘पेरोल सेभिङ अकाउन्ट’ भएका ग्राहकले बिनाधितो कर्जा पाउने

    आर्थीकसंसार संवाददाता१४ असोज, २०७८
    १०४८ पटक
    १४ असोज, २०७८

    काठमाडौं । नौलो र समयसापेक्ष सेवा सुविधा प्रदान गर्दै आएको सनराइज बैंकले विभिन्न संघसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल लोन योजना ल्याएको छ ।
    यस योजनाअन्तर्गत सनराइज बैंकमा सनराइज पेरोल सेभिङ अकाउन्ट भएका कुनै पनि ग्राहकहरुले बिना धितो १५ लाख सम्मको कर्जा लिन सक्नेछन् । योजनाअनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाखसम्मको ओभरड्राफ्ट र १० लाखसम्मको टर्म लोन गरी अधिकतम रु. १५ लाखसम्मको कर्जा लिन सक्नेछन् ।
    कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ । उक्त कर्जा ५ वर्षसम्मको लागि प्रदान गरिने छ । साथै बैंकले आफ्नो १४औं वार्षिकोत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशतसम्मको ब्याज दिनेसमेत व्यवस्था गरेको छ ।
    बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा एटीएम र ९१ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्