काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय भलूहीले मृतक परिवारका सदस्यलाई बीमा रकम प्रदान गरेको छ । तिलोत्तमा ११ स्थित उन्नति भूपु सैनिक ‘छ महिला’ समुहकी सदस्य मनकुमारी राना तथा देवदह १० स्थित उन्नति शान्तिटोल महिला समुहकी सदस्य ममता सार्कीको निधन भएपछि सदस्यले पाउने बीमा रकम हस्तान्तरण गरिएको हो ।
मृतकको छोरा राज राना तथा मृतकको श्रीमान् कूलबहादुर सार्कीलाई बीमा बापतको रकम क्रमश २ लाख ६० हजार रुपैयाँ, र १ लाख ३० हजार रुपैयाँ मात्र शाखा कार्यालय भलूहीको निमित्त शाखा प्रमुख शारदा थापा र अनुगमन अधिकृत केदार राज जोशीले प्रदान गरेका हुन् ।
संस्थाका अनुसार समूहका सदस्यले कर्जा लिए बापत बैंकको बीमा नियमअनुसार सदस्यको काल गतिमा मृत्यु भएमा १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यु भए २ सय ३० प्रतिशत क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको शाखाका कर्मचारी क्षितिज ढकालले जनाए ।
उन्नति सहकार्य लघुवित्तद्वारा मृतक सदस्यको परिवारलाई बीमा दाबी भुक्तानी
आर्थीकसंसार संवाददाता१३ असोज, २०७८
१३ असोज, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- बजाजको ‘क्यास सफारी’ अफर