काठमाडौं । पोखराको न्युरोडमा भर्खरै सञ्चालनमा आएको प्रिसा इन्टरप्राईजेजले महालक्ष्मी लाईफ इन्स्योरेन्समार्फत बिमा गरेका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई आफ्नो सामान खरिदमा छुट प्रदान गर्ने भएको छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रबन्धक अखिल धमला र प्रिसा ईन्टरप्राईजेजका पोखरा प्रबन्धक सविन श्रेष्ठले सो छुटसम्बन्धी एक समझदारीपत्रमा मंगलबार हस्ताक्षर गरेका हुन् ।
उक्त इन्स्योरेन्सका गण्डकी प्रदेशभित्रका विमित, अभिकर्ता र कर्मचारीहरुलाई उक्त कम्पनीका सामान खरिद मूल्यमा ५ प्रतिशत देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।
उक्त ईन्टरप्राईजेजले हेटौंडामा प्रधान कार्यालय रहेको महिन्द्रा वाटर प्युरीफायरका विभिन्न क्षमताका युरो गाार्डहरु बिक्री वितरण गर्दै आइरहेको छ ।
हाल कम्पनीले ८ देखि १२ लिटर क्षमताका घरायसी उपयोग, १०० लिटर क्षमताका औद्योगिक प्रयोजनका र संस्थागत २० देखि २५ लिटरसम्मका खानेपानी शुद्दीकरण गर्ने युरो गार्डहरु उत्पादन र बिक्री वितरण गरिरहेको श्रेष्ठले जानकारी दिए ।
महालक्ष्मीका बीमितलाई प्रिसा इन्टरप्राईजेजको सामान खरिदमा छुट
आर्थीकसंसार संवाददाता१२ असोज, २०७८
१२ असोज, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल बैंकको नगद लाभांश घोषणा
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न