News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा क्यास ब्याक अफर

    आर्थीकसंसार संवाददाता१२ असोज, २०७८
    २२४७ पटक
    १२ असोज, २०७८

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशैं, तिहार, नेपाल सम्वत् एवं छठलगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न Point of Sale (POS) को माध्यमवाट प्रति कारोबार रु.१,०००।– वा सोभन्दा बढीको Card Swipe गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । यो योजना आगामी २०७८ असोज २१ गतेदेखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने छ ।
    देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै Card Swipe गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ । यस अन्तर्गत ३ देखि ५ पटकको Card Swipe मा ५% अधिकतम क्यास ब्याक वा रु.५००।–, ६ देखि १० पटकको Card Swipe मा १०% अधिकतम क्यास ब्याक वा रु.७५०।–, ११ देखि १५ पटकको Card Swipe मा १५% अधिकतम क्यास ब्याक वा रु.१,०००।– मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।
    बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्