काठमाडौं । मध्यबानेश्वरस्थित केएफए बिजनेस स्कुलले, हिजो मात्र होटेल एम्बेसेडरमा एक समारोह आयोजना गरी “बिसीएस आईटी” नामक नयाँ कार्यक्रम घोषणा गरेको छ ।
शिक्षा क्षेत्रमा विगत २१ वर्षदेखिको अनुभव रहेको केएफएले विश्वजगतमा आईटिको महत्व बढेसँगै आफ्नो नयाँ आयाम थपेको हो । “भिजन बियोड द बक्स” भन्ने नारालाई आत्मसाथ गर्दै शिक्षा, तालिम र परामर्शमा आफूलाई अब्बल साबित गरेको केएफएले शैक्षिक क्षेत्रअन्तर्गत एमबिए प्लस र बीएचएम कार्यक्रम संचालन गर्दै आईरहेको छ । यस संस्थाले लिंकन विश्वविद्यालय अन्तर्गत नौ स्तम्भसहितको नयाँ बिसीएस आईटि कार्यक्रम नेपालमै पहिलो पटक ल्याएको बताएको छ ।
विभिन्न आईटि वा कर्पोरेट कम्पनीहरुसँगको समन्वयमा तालिमको अवसर, कार्यक्रमलाई प्रभावकारी बनाउन भर्चुअल ल्याबको व्यवस्था, विषयगत र व्यवहारिक ज्ञानका लागि एकैपटक दुई प्राध्यापकको नीति, विद्यार्थीहरुलाई सर्टिफ़ाइएड आई टि तालिम, व्यवस्थापनसम्बन्धी विभिन्न क्र्यास कोर्षहरु, विभिन्न व्यावसायिक सीप विकास सम्बन्धि तालिम, जागिर को अवसरबृद्धिका लागि व्यवस्था, आईटिसम्बन्धी विकास का लागि चिरपरिचित व्यक्तित्वसँगको आईटि बहस जस्ता ९ स्तम्भीय बिसीएस आईटि कार्यक्रमले विद्यार्थीहरुलाई कुनै पनि कम्पनीमा आईटी सम्बन्धी काम गर्न सक्षम बनाउने विश्वास केएफले लिएको छ । नेटवर्किङ साथै साइबर सेक्युरिटीलाई मुख्य केन्द्रबिन्दु बनाएको उक्त कार्यक्रम ३ वर्षको हुनेछ । संस्थाले ं२ परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि यस विषयको माग र सम्भाव्यता सम्बन्धि जानकारी दिन निःशुल्क सेमिनार आयोजना गर्ने घोषणासमेत गरेको छ । उक्त सेमिनारको रजिष्ट्रेसन भने खुला भई सकेको छ ।
नेपालमै पहिलो पटक केएफएले ९ पिलरसहितको बिसीएस आईटी सञ्चालन
आर्थीकसंसार संवाददाता११ असोज, २०७८
११ असोज, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन