News Portal

  • कुमारी डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजमा विशेष छुट

    आर्थीकसंसार संवाददाता११ असोज, २०७८
    ११६६ पटक
    ११ असोज, २०७८

    काठमाडौं । दशैंको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न कुमारी बैंकले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग सम्झौता गरेको छ ।
    उक्त सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा असोज १८ गतेसम्म सामानहरुको खरिद गर्दा छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकले डेबिट कार्डको प्रयोग गरी सामान खरिद गर्दा २ हजारसम्मको र क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २५ सयसम्मको छुट पाउनेछन् ।
    कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्