News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई द एभरेष्ट होटेलमा छुट

    आर्थीकसंसार संवाददाता११ असोज, २०७८
    १२८८ पटक
    ११ असोज, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र द एभरेष्ट होटेल बानेश्वरबीच बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डवाहकहरुले द एभरेष्ट होटेलको सेवा सुविधामा विशेष छुट पाउनेछन् ।
    हाल बैंकले डेबिट कार्ड नभएका ग्राहकहरुको लागिसमेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङ्गमार्फत डेबिट कार्डको लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।
    मोबाइल बैंकिङ्गमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिनसक्नेलगायतका व्यवस्था बैंकले गराएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
    साथै कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरुलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकले विभिन्न सेवाहरु सञ्चालनमा ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्