News Portal

  • आइएमई पेको ‘दसैंको झट्का’ योजना सार्वजनिक

    हवाई टिकट खरिदमा ५०% क्यास व्याक

    आर्थीकसंसार संवाददाता११ असोज, २०७८
    १४७८ पटक
    ११ असोज, २०७८

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ को दसैंको झट्का स्किम सार्वजनिक गरिएको छ । अफर असोज ११ देखि १४ गतेसम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ । यस स्किमअन्तर्गत तपाइँको आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यास ब्याकको व्यवस्था मिलाइएको छ । क्यास व्याकको सीमा रु. २००० सम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ ।
    उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले हवाई टिकट ‘आइएमई पे’ को भुक्तानी सेवासँगै तीन दिनको लागि ५०% क्यास ब्याकको योजना पनि सुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
    यो स्किम आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो र सदाझैंै यो स्किममा पनि नियम र सर्तहरु लागु हुनेछन् । सबै प्रयोगकर्ताहरु आइएमई पेको माध्यमबाट हवाई टिकट खरिदमा फ्लैश बिक्री क्यासब्याकको लागि योग्य छन् । आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरिद गरेको २४ घण्टाभित्र क्यास ब्याक प्राप्त गर्नुहुनेछ । यो स्किममा आईएमई पे पञ्जीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य हुनेछन्
    ‘आइएमई पे’ को बारेमाः
    ‘आइएमई पे ’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
    आइएमई डिजिटलले ‘आईएमई पे’ ब्राण्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत् विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर (QR) मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो । पन्ध्र लाखभन्दा बढी ग्राहकहरूले सिधैं ‘आइएमई पे’ डाउनलोड गरी आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार सञ्जालमार्फत लाखौं सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ ।

    प्रतिकृया दिनुहोस्