News Portal

  • महालक्ष्मी लाईफले रौतहट र बारा दुई जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटी गठन

    आर्थीकसंसार संवाददाता१० असोज, २०७८
    १३८५ पटक
    १० असोज, २०७८

    काठमाडौं । महालक्ष्मी लाईफको पूर्व घोषणा बमोजिम रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटी गठन गरेको छ । रौतहट जिल्लामा राजेशकुमार शाहको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय बीमा जागरण जिल्ला कमिटी गठन भएको हो ।
    असोज ९ गते रौतहटको दुर्गा भगवती गाउँपालिका सामूदायिक भवनमा एक कार्यक्रमबीच राष्ट्रिय बीमा जागरण जिल्ला कमिटीको गठन गरिएको हो । उक्त कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो ।
    शम्भु सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा महालक्ष्मी लाईफका क्षेत्रीय प्रमुख दिगम्बरप्रसादले प्रशिक्षण दिएका छन् । बीमा जागरण राष्ट्रिय अभियानका केन्द्रीय सदस्य रिषिकान्त गुप्ता, रामाशंकरप्रसाद यादव र गाउँपालिका वडा नं. ३ का अध्यक्ष डिके झाले बीमा जागरणको महत्व बारेमा प्रकाश पारेका थिए ।
    त्यसैगरी बारा जिल्लाको निजगढमा एजेन्सी म्यानेजर विनोद खरेलको संयोजकत्वमा २१ सदस्यीय बारा जिल्ला राष्ट्रिय बीमा जागरण कमिटी गठन गरिएको छ । उक्त नवगठित कमिटीको अग्रसरतामा गौरीशंकर क्याम्पस, निजगढमा आज बीमा जनजागरण तथा सचेतना कार्यक्रम सञ्चालन भएको हो ।
    ४५ जनाको सहभागिता रहेको कार्यक्रममा क्याम्पस प्रध्यानअध्यापक रामप्रसाद गौतमले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा कम्पनीका मार्केटिङ प्रमुख प्रशान्तराज धमला र एजेन्सी विभाग प्रमुख सिताराम धिमालले बीमाको महत्व र आवश्यकताको बारेमा प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्