News Portal

  • मिर्मिरे लघुवित्तको सञ्चालकमा दिपबहादुर र संजयकुमार नियुक्त

    आर्थीकसंसार संवाददाता८ भदौ, २०७७
    ७५३ पटक
    ८ भदौ, २०७७

    काठमाडौं । मिर्मिरे लघुवित्तको रिक्त सञ्चालक पदहरुमा दिपबहादुर श्रेष्ठ र संजय कुमार श्रेष्ठ नियुक्त भएका छन् । मिर्मिरेले नागबेली लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सञ्चालनपश्चात बसेको सञ्चाल समितिको बैठकले आगामी साधारण सभाबाट अनुमोदन हुने गरी सञ्चालक पदमा श्रेष्ठद्वयलाई नियुक्त गरेको हो ।
    संस्थाका अध्यक्ष टेकबहादुर बोहराले संस्थाको केन्द्रीय कार्यालय बनेपामा नवनियुक्त सञ्चालकहरुलाई सपथ ग्रहण गराएको जनाइएको छ ।
    एकीकृत कारोबारपश्चात वित्तीय संस्थाको सञ्चालक समितिमा अध्यक्ष टेकबहादुर बोहरा, सदस्यहरुमा सन्तोष फुयाल, दिपबहादुर श्रेष्ठ, संजयकुमार श्रेष्ठ, सन्जु घिमिरे, मनि बोहरा थापा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्