News Portal

  • स्वतन्त्र पुँजीबजार सुधार संघ रोहन कार्कीको नेतृत्वमा गठन

    आर्थीकसंसार संवाददाता८ असोज, २०७८
    ६५८ पटक
    ८ असोज, २०७८

    काठमाडौं । पुँजीबजार सुधार संघर्ष समितिको नामबाट आन्दोलन गरिरहेको समूहले नयाँ संगठन गठन गरेको छ । शुक्रबार काठमाडौं भएको लगानीकर्ताहरुको भेलाले स्वतन्त्र पुँजीबजार सुधार संघ गठन गर्ने निर्णय गरेको हो ।
    संघको संरक्षकमा दिपेन्द्र अग्रवाल छन् भने तीन सदस्यीय सल्लाहकार समिति पनि बनेको छ, जसमा उपेन्द्र पाठक, उमेशराज सिलवाल र अनिल खतिवडा रहेका छन् ।
    स्वतन्त्र पुँजीबजार सुधार संघमा रोहन कार्कीको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ ।
    समितिको उपाध्यक्षमा विनायक शिवाकोटी, सचिवमा विनोद बजगाई, सहसचिवमा शिरिष आचार्य र सुनिलकुमार दाहाल, कोषाध्यक्षमा सुशीलकुमार लुनियाँ, सहकोषाध्यक्षमा बिमला न्यौपाने र सदस्यहरुमा ज्यानेन्द्र ओझा, रत्नकाजी महर्जन, राजेन्द्र खड्का र डम्बर श्रेष्ठ चयन भएका छन् ।

    प्रतिकृया दिनुहोस्