News Portal

  • सिटिजन लाईफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीबीच सम्झौता

    आर्थीकसंसार संवाददाता८ असोज, २०७८
    १४७६ पटक
    ८ असोज, २०७८

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच पुनर्बीमा सम्झौता भएको छ । सरकारले आव २०७५/७६ को बजेटमा अनिवार्य २० प्रतिशत पुनर्बीमा नेपालमै गर्नुपर्ने व्यवस्था गरेको थियो ।
    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले शत प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमै गर्ने सम्झौता भएको सिटिजन लाइफका सीइओ पोषकराज पौडेलले बताए ।
    शुक्रबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्