News Portal

  • एभरेष्ट बैंकको शुदेस खालिङ्गले सम्हाले सीईओको कार्यभार

    आर्थीकसंसार संवाददाता८ असोज, २०७८
    १०६४ पटक
    ८ असोज, २०७८

    काठमाडौं । एभरेष्ट बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) शुदेस खालिङ्गले कार्यभार सम्हालेका छन् । उनले असोज ८ गतेदेखि बैंकमा पहिलो नेपाली सीईओको रूपमा कार्यभार सम्हालेका हुन् ।
    विगत ३५ वर्षदेखि बैंकिङ्ग क्षेत्रको अनुभव बटुलेका सीईओ खालिङ्गले विभिन्न बैंकहरुमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएका छन् ।
    बैंकले १०५ शाखा सञ्जाल, १३७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्