काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ ।
यो अफर आज असोज ८ गते देखि १७ गतेसम्मका लागि लागु रहने भएको छ । जसअन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा ई–कमर्स साइटमा कार्डबाट कम्तिमा तीनवटा कारोबार गरी दैनिक रु. २१० सम्म र अफर अवधिभर अधिकतम रु. २१०० सम्मको क्यास ब्याक पाउन सक्नुहुनेछ ।
क्यास ब्याकको अतिरिक्त ग्राहकहरुले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्नुहुनेछ । आकर्षक उपहारहरुमा अल्काटेलको ट्याब्लेट, सिजिको माइक्रोओभन, सामसुङ्ग माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटल तथा रेष्टुरेन्टहरुबाट प्रि गिफ्ट कुपनहरु, ट्राभल प्याकेजहरु, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेटलगायत थ्रुपै उपहारहरु रहेका छन् । यसबाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन रु.५००० सम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ । वल्र्डलिङ्क, कल्पमार्ट, ग्यापु र Jeeve sathi को तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिनेछ । Kratos Technology को तर्फबाट विभिन्न ग्याजेटहरु र दराजबाट खरिद गर्दा रु. ४१० सम्मको डिस्काउन्ट पनि पाउन सकिनेछ ।
डेबिट र क्रेडिट कार्डबाहेक बैंकको मोबाईल बैंकिङबाट अफर अवधिभर कुनै पनि कारोबार गर्ने ग्राहकहरुमध्येबाट एक जनाले मेगा बम्पर उपहारस्वरुप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नुहुनेछ ।
माछापुच्छ्रे बैंक यही असोज १७ गते २१ वर्ष पूरा गरी २२औं वर्षमा प्रवेश गर्दै छ ।
माछापुच्छ्रे बैंकको क्यास ब्याक बम्पर अफर आयो
आर्थीकसंसार संवाददाता८ असोज, २०७८
८ असोज, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक