News Portal

  • कामना सेवाको “के.एस डिजी” डिजिटल वालेट सेवा सञ्चालनमा

    आर्थीकसंसार संवाददाता८ असोज, २०७८
    १९२५ पटक
    ८ असोज, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस.डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलोपटक सञ्चालनमा ल्याएको छ ।
    यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका महानुभावहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपलोड गरी “के.एस डिजी” वालेट खोल्न सक्नुहुनेछ ।
    एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको शुभारम्भ गर्नुभएको हो । यस डिजिटल वालेट खोल्न एपमा Face Recognition गर्न सक्ने Artificial Intelligence (AI) को प्रयोग भएको छ । साथै, Account Opening, Loan Application, Inter Operable QR, mCash लगायतका बैंकिङ सेवा तथा सुविधाहरु रहेका छन् ।
    काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले आफूलाई डिजिटल बैंकिङ सेवाहरुमा अब्बल बैंकको रुपमा स्थापित गर्ने उद्देश्य रहेको छ ।

    प्रतिकृया दिनुहोस्