काठमाडौं । मेगा बैंक नेपालले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ । सम्झौतापत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर कैलाश आलेले हस्ताक्षर गरे ।
हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका विभागीय प्रमुख खनियाँले कृषकहरुलाई आधुनिक ढंगले कृषि कार्यलाई व्यवसायीकरण गर्न बैंकको शाखा कार्यालयमार्फत छिटो छरितो ढंगले प्राथमिकताका साथ कर्जा दिने प्रतिबद्धता व्यक्त गरे ।
भोजपुर नगरपालिकाका मेयर आलेले मेगा बैंकसँगको सम्झौतापश्चात नगरपालिकाभित्र रहेका साना किसान तथा उद्यम व्यवसायीहरुले सहुलियत ब्याजदरमा कर्जा लिई आफ्ना व्यवसायलाई बृद्धि गरी उत्पादकत्व बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
भोजपुर नगरपालिकासँगको सम्झौतापश्चात मेगा बैंकले नगरपालिकाका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्नेछ ।
साथै, बैंकले उक्त कृषकहरुलाई मेगा किसान कार्डसमेत उपलब्ध गराउनेछ । उक्त कार्डमार्फत कृषकहरुले आफुलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधीलगायतका सामानहरु नजिकको पसलबाट खरिद गर्न सक्नेछन् ।
मेगा बैंकले भोजपुर नगरपालिकाका व्यवसायीलाई सहुलियत कर्जा दिने
आर्थीकसंसार संवाददाता६ असोज, २०७८
६ असोज, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- सकियो ‘नाडा अटो शो’, ८२ हजार अवलोकनकर्ता