News Portal

  • शिखर इन्स्योरेन्सद्वारा बाढीका कारण उद्योगमा क्षति वापतको दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता३ असोज, २०७८
    १५३२ पटक
    ३ असोज, २०७८

    काठमाडौं । रुपन्देहीमा रहेर विभिन्न उद्योग सञ्चालन गर्दै आएको औद्योगिक समूह आवास गु्रपले सञ्चालन गरेको स्टिल उद्योगमा बाढीले क्षति पुर्याएपछि उद्योगले बीमा दावी बापत भुक्तानी पाएको छ । औद्योगिक समूह आवास ग्रुपको मयुर स्टिल उद्योगले बीमा दाबी बापतको दुई करोडभन्दा बढी रकम दाबी भुक्तानी पाएको हो । गत वर्ष आएको बाढीले मयुर स्टिल उद्योग प्रालिमा क्षति पुर्याएको थियो ।
    उद्योगले बीमा गरेको बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले उद्योगमा भएको क्षतिको बापत उद्योगले दाबी गरेअनुसार दाबी बापतको रकमको चेक आवास ग्रुपलाई उपलब्ध गराएको हो । कम्पनीका तर्फबाट इन्स्यारेन्सका महाप्रबन्धक पुष्कर महतले आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवलाई उद्योगको कार्यालयमा पुगी २ करोड ३८ लाख ६७ हजार रकमको चेक हस्तान्तरण गरेका हुन् ।
    चेक हस्तान्तरण गर्दै शिखर इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक महतले ठूला क्षतिहरुमा प्रक्रियागत कार्य सम्पन्न गर्न समय लागे पनि बीमा भएको सम्पत्तिको नियमानुसार क्षति बापतको रकम भुक्तानी पाइने बताए ।
    आवास ग्रुपको तर्फबाट चेक ग्रहण गर्दै उद्योगका सञ्चालक तथा प्रबन्ध निर्देशक महेश थैवले सहज रुपमा दावी भुक्तानी दिएकोमा शिखर इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरे ।
    सम्पती बीमा लेख योजनाअन्तर्गत कम्पनीले बीमा गरेको कम्पनीमा बाढीका कारण क्षति भएपछि कम्पनीले दाबी बापतको रकम हस्तान्तरण गरेको शिखर इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख किरण काफ्लेले बताए ।

    प्रतिकृया दिनुहोस्