News Portal

  • पाण्डे र पन्तद्वय बीममलाई प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित

    आर्थीकसंसार संवाददाता३ असोज, २०७८
    ९४० पटक
    ३ असोज, २०७८

    काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपतिको कार्यालयबाट विभूषित हुने नौ सयभन्दा बढीको सूचीमा बीमा सेवा क्षेत्रबाट दुईजना बहालवाला प्रमुख कार्यकारी अधिकृत चयनमा परेका छन् ।
    मन्त्री परिषद्को सिफारिसमा शिखर इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तलाई प्रबल जनसेवा श्री पदकबाट सम्मान गर्ने घोषणा गरिएको हो ।
    २०६१ मंसिरमा सञ्चालनमा आएको शिखर इन्स्योरेन्स क.लि.मा सुरुमा महाप्रबन्धक पदमा कार्यरत पाण्डे २०७३ देखि प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । प्रमुख कार्यकारी पदमा शिखर इन्स्योरेन्समा यो उनको दोस्रो कार्यकाल हो । पाण्डेसँग बीमा क्षेत्रमा दुई दशकभन्दा लामो कार्य अनुभव रहेको छ । त्यसैगरी सुनिलबल्लभ पन्त २०७५ असोज २४ गतेदेखि एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी पदमा कार्यरत छन् । एनएलजी इन्स्योरेन्समा सहायक पदबाट बीमा क्षेत्रमा सेवा सुरु गरेका पन्तसँग दुई दशकभन्दा लामो कार्य अनुभव रहेको छ ।
    त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा बीमा क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेकी छिन् । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिएको छ ।
    संविधान दिवसकै अवसरमा हिमालय रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखरले पनि सुप्रवल जनसेवा श्री पदक प्राप्त गरेका छन् । हिमालयन रिकै सञ्चालक तथा व्यवसायी साहिल अग्रवाल तथा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख लगानीकर्ता मोतिलाल दुगडले सुप्रवल जनसेवा श्री पदक प्राप्त गरेका छन् । त्यसैगरी आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक अम्बिकाप्रसाद पौडेलले पनि सुप्रवल जनसेवा श्री पदक प्राप्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्