News Portal

  • मेगा बैंककी डेपुटी सीईओ श्रेष्ठ सुप्रबल जनसेवा श्री (चतुर्थ)बाट विभूषित

    आर्थीकसंसार संवाददाता३ असोज, २०७८
    १३६५ पटक
    ३ असोज, २०७८

    काठमाडौं । मेगा बैंक नेपालकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभूषित भएकी छिन् ।
    नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवा श्री (चुतर्थ) घोषणा गरेको हो ।
    डेपुटी सिइओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन् । यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’लगायत चारवटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छिन् । करिब ३ दशकदेखि नेपालको बैंकिङ्ग क्षेत्रमा सेवारत श्रेष्ठ बिजेनश र ग्रामीण बैंकिङ्ग विशेष दख्खल राख्ने बैंकर हुन् ।
    भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छिन् ।

    प्रतिकृया दिनुहोस्