News Portal

  • पछिल्लो २४ घण्टामा १६ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता२ असोज, २०७८
    ७७६ पटक
    २ असोज, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ८५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७२ हजार ८०० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार २३४ जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ ।
    पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्