News Portal

  • बूढानीलकण्ड नगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२ असोज, २०७८
    १३९४ पटक
    २ असोज, २०७८

    काठमाडौं । बीमा समितिले बूढानीलकण्ड नगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । समितिले स्थानीय तहमा बीमा समिति कार्यक्रमअन्तर्गत हिजो स्थानीय निकायका पदाधिकारीहरुसँग अन्तरक्रिया गरेको हो ।
    कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयर, जिल्ला पशु सेवा विभागका उपमहानिर्देशक, वडाअध्यक्ष तथा जननिर्वाचित प्रतिनिधिहरुलगायत सर्वसाधारणको उपस्थिति थियो । छलफल कार्यक्रममा ८० जना भन्दा धेरैको सहभागिता थियो ।
    कार्यक्रममा बीमा समितिका निर्देशक सुशील देव सुवेदीले बीमासम्बन्धी प्रस्तुतिकरण दिएका थिए । उनले बीमासम्बन्धी समस्या, समाधानका उपाय, बीमाको हालको अवस्था, बीमामा स्थानीय निकायले खेल्नसक्ने भूमिकाको विषयमा प्रकाश पारेका थिए ।
    नगर प्रमुख उद्धव खरेलले बीमा सम्बन्धमा समितिले बीमा कम्पनी र बीमित सबैले मिलेर काम गर्नुपर्ने र बीमा प्रवद्र्धनको लागि स्थानीय तहले सदैव सहयोग गर्ने बताएका थिए । उनले बीमालाई अनिवार्य गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । समितिका निर्देशक सुवेदीले कार्यक्रममा उठेका विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए ।

    प्रतिकृया दिनुहोस्