News Portal

  • नेरुडे लघुवित्तद्वारा म्यादी बीमा सेवाको लागि प्रस्ताव आह्वान

    आर्थीकसंसार संवाददाता२ असोज, २०७८
    ८१२ पटक
    २ असोज, २०७८

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो ऋणीको म्यादी बीमा गर्नका लागि बीमा कम्पनीहरुबाट प्रस्ताव माग गरेको छ ।
    राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले बीमित, पति, पत्नी वा संरक्षकसमेतको कर्जा रकम बराबर बीमांकको ऐच्छिक म्यादी बीमा गर्नको लागि प्रस्ताव माग गरेको हो ।
    गत असार मसान्तसम्ममा ७ अर्ब ९० करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको यस कम्पनीले देशभरको ९९ वटा शाखा कार्यालयहरुमार्फत १ लाख ४८ हजारभन्दा बढी घरधुरीलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ । यो लघुवित्तको खराब कर्जा ४.३६ प्रतिशत रहेको छ ।
    नेरुडे लघुवित्तले कम्पनी दर्ता, स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपिसहित असोज १६ गते दिउँसो २ बजेसम्ममा प्रस्ताव दर्ता गर्न बीमा कम्पनीहरुलाई अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्