News Portal

  • नेपाल बङ्गलादेश बैंकको १०औं विस्तारित सेवा केन्द्र हेटौंडामा

    आर्थीकसंसार संवाददाता१ असोज, २०७८
    १५९५ पटक
    १ असोज, २०७८

    काठमाडों । नेपाल बङ्गलादेश बैंकले हेटौंडा उपमहानगरपालिकाको वडा नं. ९ स्थित हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र आफ्नो १०औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले गरेका थिए ।
    हेटौंडा उपमहानगरपालीकामा खोलिएको यस विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योगलाई सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिकाको वडा नम्बर ९, १२, १३ तथा १४ मा वित्तीय पहुँच पुर्याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्याउने उद्देश्यका साथ आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो बैंकले जनाएको छ ।
    यस विस्तारित सेवाबाट विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बंंैकिङ्ग प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुनेलगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।
    नेपाल बङ्गलादेश बैंकले आफ्ना १०० शाखा, ९ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्