News Portal

  • ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्वाचित

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०७८
    १४६५ पटक
    ३१ भदौ, २०७८

    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्विरोध चयन भएका छन् । संघको बिहीबार भएको साधारणसभाबाट मल्ली निर्विरोध चयन भएका हुन् ।
    बिहीबार चुनाबी प्रक्रिया अगाडि बढेर विजयहरी शर्मा र पूर्व अध्यक्ष सावरमल अग्रवालले अध्यक्षमा मनोनयन गरेपनि मल्ली सर्वसम्मत भएका हुन् ।
    मल्लीको राजधानी, एचपी र आरती ग्यास छ । संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारीले सर्वसम्मत नेतृत्वका लागि पहल गरेका थिए । सहमतिका लागि भण्डारी, पूर्व अध्यक्ष शिवप्रसाद घिमिरे, राजेन्द्र डल्लाकोटी, जीतबहादुर कार्की र राजेन्द्र कावराको समिति समेत बनाइएको थियो । संघको विशिष्ट सदस्यमा राजेन्द्र डल्लाकोटी चयन भएका छन् ।
    उनी संघको नेतृत्वले व्यवसायिक हितमा काम नगरेको भन्दै चार वर्ष अघि बाहिरिएका थिए । केही दिनअघि मात्रै डल्लाकोटी संघमा फर्किएका थिए । श्रीकृष्ण ग्यासका सञ्चालक रहेका डल्लाकोटी पूर्व उपाध्यक्ष समेत हुन् । संघको वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास निर्विरोध भएका छन् ।
    संघको महासचिवमा कृष्णभक्त श्रेष्ठ, कोषाध्यक्षमा धर्मराज बर्तौला र सचिवमा आशिष जाजोदिया निर्विरोध भएका छन् । संघको सदस्यमा लोकहर्ष शाक्य, बाबुराम पोखरेल, सुनिल सिन्हा, मनोजकुमार बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे र राजकुमार सिन्धी चयन भएका छन् ।

    प्रतिकृया दिनुहोस्