News Portal

  • पछिल्लो २४ घण्टामा १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता३१ भ्दौ, २०७८
    १४९० पटक
    ३१ भ्दौ, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १७९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७० हजार १७६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६८९ जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ४५ हजार २१५ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्