News Portal

  • हिमालयन बैंकद्वारा नयाँ बानेश्वरको महानगरीय प्रहरी वृत्तलाई कम्प्युटर सहयोग

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०७८
    ११८३ पटक
    ३१ भदौ, २०७८

    काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर’लाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ ।
    महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर बैंकले रुपैया एक लाख दश हजार मूल्यको दुई थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको हो ।
    बैंकका तर्फबाट बैंकका मुख्य प्रबन्धक समीर आचार्यले नयाँ बानेश्वर महानगरीय प्रहरी वृत्तका प्रहरी उपरिक्षक मीमबहादुर लामालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्