News Portal

  • सिटी एक्सप्रेस मनी ट्रान्सफरले ल्यायो नयाँ योजना

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०७८
    ११६१ पटक
    ३१ भदौ, २०७८

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठजस्ता पर्वलाई लक्षित गर्दै नयाँ योजना ल्याएको छ । एक्स्प्रेस मनी ट्रान्सफरले ६१ दिन सम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको हो ।
    यस उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार उपहार प्रदान गरिने साथै हरेक महिना ५ जनालाई रु. १–१ लाख प्रदान गरिने जनाएको छ ।
    योजनाबाट २ महिनासम्म १० जना लखपति बन्न सक्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार यस ‘सिटी आयो लखपति बनायो’ अफर असोज १ गते देखि कार्तिक ३० गतेसम्म लागू हुनेछ ।
    यस अवधिभरी सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।
    सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्