News Portal

  • सेञ्चुरी बैंकद्वारा ‘सेञ्चुरी पेबाट अनलाइन आन्तरिक रेमिट्यान्स सेवा प्रदान

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०७८
    १९५० पटक
    ३१ भदौ, २०७८

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप सेञ्चुरी पेबाट अनलाईन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।
    यसअन्तर्गत सेञ्चुरी रेमिट (रेमिटन्स सेवा) मोबाईल बैकिङ एपमा थप गरिएको छ । यो सेवा सञ्चालनमा आएसँगैं बैंकका ग्राहकहरुले आन्तरिक विप्रेशण सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्नेछन् ।
    आन्तरिक रेमिटन्स रकम पठाउँदा मोबाईल बैकिङ एपमा रहेको सेञ्चुरी रेमिटमार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधामध्ये एक रोज्न सकिनेछ ।
    यसका साथै मोबाईल बैकिङ एपमा रहेको रिसिभ रेमिटान्स प्रयोग गरी आन्तरिक विप्रेशण कार्य गर्न सकिनेछ । साथै यस सुविधाअन्तर्गत ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यालयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्टमार्फत रेमिटन्स रकम संकलन गर्न सक्नेछन् ।
    बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै २४ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।
    अन्य जानकारीका लागि बैकको वेबसाइट www.centurybank.com.np तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

    प्रतिकृया दिनुहोस्