News Portal

  • राष्ट्रिय वाणिज्य बैकले चैनपुरका युवालाई सहुलियतपूर्ण कर्जा दिने

    आर्थीकसंसार संवाददाता३० भदौ, २०७८
    २२८१ पटक
    ३० भदौ, २०७८

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिका (संखुवासभा जिल्ला)बीच मंगलबार काठमाडौंमा सम्झौता भएको छ । सो सम्झौता युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा भएको हो ।
    सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले हस्ताक्षर गर्नुभएको छ ।
    सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले नगरपालिकाभरिका १६ देखि ४० वर्षसम्मका १०० जना युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सात दिने तालिम कार्यक्रम सञ्चालन गर्नेछ । साथै, तालिम प्राप्त उद्यमीहरुलाई आवश्यकताअनुसार बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने छ ।
    कार्यक्रममा परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गाना, बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु राज्यलक्ष्मी खड्गी, सरोज बस्नेत, कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्