काठमाडौं । नेपाल फाइनान्सको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको बिहान ११ बजे केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट सम्पन्न भएको कम्पनीले जनाएको छ ।
कम्पनीले असोज १० गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १ः १.७५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम चुक्ता पुँजीको १ः०.७० को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सभामा पेश गरी पारित गरेको छ ।
सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी सभामा लेखा परिक्षण प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाहको बारेमा छलफल गरेको छ । ललितपुर फाइनान्स कम्पनी प्राप्तिपछि कम्पनीको चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार ४०० पुगेको छ । ७० प्रतिशत हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ ।
नेपाल फाइनान्सको २८औं साधारणसभा सम्पन्न
आर्थीकसंसार संवाददाता२७ भदौ, २०७८
२७ भदौ, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक