News Portal

  • माछापुच्छ्रे बैंकको थप सात शाखारहित बैंकिङ सेवा सञ्चालन

    आर्थीकसंसार संवाददाता२० भदौ, २०७८
    १०४१ पटक
    २० भदौ, २०७८

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप सात शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका–६, काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका मैत्रीनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका–२ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका–५, जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका–१६ खैरेटी, कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका–३, खरेन्द्रपुर, सिराहा जिल्लाको सुखिपुर नगरपालिका–२ छजनाचोकमा गरी जम्मा ७ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामिण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बैंकिङ  सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
    देशका विभिन्न स्थानमा सात शाखारहित बैंकिङ्ग सेवा थप भएसँगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा १७२ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदनसमेत दिन सकिने छ ।
    बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६२ वटा शाखाहरुलगायत १७२ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३३९ स्थानवाट १० लाखभन्दा बढी ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०३ वटा एटीएमहरु सञ्चालनमा रहेको छन् ।

    प्रतिकृया दिनुहोस्