काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कान्तिपुर अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रममल्ल ठकुरी र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले अस्पतालमा निःशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज/आइसियु/यचसुयु, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्ज/क्याबिन, इन्भेस्टिगेशन (ल्याब, एक्स रे, युएसजी, इसिजि इन्डोस्कोपी, पिएफटि, इको)मा १५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
देशका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैकिङ्गमार्फत कारोबार गर्न आग्रह गरेको छ ।
महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच छुटसम्बन्धी सम्झौता
आर्थीकसंसार संवाददाता३२ साउन, २०७८
३२ साउन, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता