News Portal

  • गुराँस लघुवित्तद्वारा मृतकको परिवारलाई बीमा दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२० असार, २०७८
    ७२० पटक
    २० असार, २०७८

    काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सिधुवा, धनकुटाले मृतकको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । शाखा कार्यालय सिधुवाको समूहमा आवद्ध भई कर्जा कारोवार गर्ने सदस्यको मृत्युपश्चात मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।
    २०७७ चैत्र महिनामा मृत्यु भएका धनकुटा छथर जोरपाटी–२ का युवराज पिठाकोटेका परिवारलाई ३ लाख २२ हजार पाँच सय रुपैया बीमा वापतको रकम हस्तान्तरण गरिएको हो । मृतक पिठाकोटेले शाखा कार्यालय सिधुवाअन्तर्गत समूहमा आवद्ध भई १ लाख ५० हजार रुपैयाँ कर्जा कारोवार गरेका थिए । पिठाकोटेको चैत्र ७ गते सवारी चलाउने क्रममा सप्तरीको महुलीमा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।
    संस्थाले मेट लाईफ कम्पनीसँगको साझेदारीमा ऋणी सदस्यको साधारण मृत्युमा ११५ प्रतिशत, दुर्घटनावाट मृत्यु भएमा २१५ प्रतिशत तथा अंगभंग भएमा शत प्रतिशत बीमा सुविधा उपलव्ध गराईने संस्थाले जनाएको छ ।
    एक नम्वर प्रदेश स्तरीय कार्यक्षेत्र भएको वित्तीय संस्थाले ३३ वटा शाखा कार्यालयहरुमार्फत लघुवित्त सेवा प्रदान गरी रहेको छ ।

    प्रतिकृया दिनुहोस्