काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आगामी असार ३० गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । कम्पनीले आफ्नो २४औं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे काठमाडौंको नक्सालस्थित कम्पनीको प्रधान कार्यालयमा भच्र्युअल माध्यमबाट गर्न लागेको हो ।
सभाले लाभांश वितरणसहित विभिन्न प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश पारित गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १२ लाख रुपैयाँ रहेको छ । ११ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ११ करोड रुपैयाँ पुग्ने छ ।
त्यस्तै, कम्पनीबाट सामाजिक संघसंस्थालाई आर्थिक सहायता प्रदान गर्दा निर्धारित सिमा नाघेकोले सो खर्चलाई अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ । कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड ‘ग’ ले निर्धारण गरेको सिमा नाघेकोले सोअन्तर्गत भएको खर्च १६ लाख रुपैयाँलाई अनुमोदन गर्ने कम्पनीले जानकारी गराएको छ ।
उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी असार १७ गतेदेखि असार ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै असार १६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।
सगरमाथा इन्स्योरेन्सले डाक्यो एजीएम
आर्थीकसंसार संवाददाता९ असार, २०७८
९ असार, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?