News Portal

  • प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान

    आर्थीकसंसार संवाददाता६ मंसिर, २०८३
    १२ पटक
    ६ मंसिर, २०८३

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान गरेको छ ।

    महासङ्घका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको टोली आइतबार भारत प्रस्थान गरेको हो ।

    टोलीलाई महासङ्घका महासचिव शिवहरि घिमिरेसहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए ।

    प्रधानमन्त्री साहको आजदेखि सुरु हुने दुईदिने भारत भ्रमणमा सहभागी हुन निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीसहितको टोली भारत जान लागेको हो ।

    प्रधानमन्त्री साहको भ्रमणका क्रममा नेपाल–भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्