News Portal

  • नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०८३
    १८ पटक
    १७ कार्तिक, २०८३

    काठमाडौं । नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा किस्ताबन्दीमा सामान तथा सेवा खरिद गर्न पाउने भएका छन् ।

    यसका लागि नेपाल बैंक र ‘बाइ नाउ पे लेटर’ (बीएनपीएल) प्लेटफर्म वानबीएनपीएल सञ्चालन गर्ने फिनटेक कम्पनी फिनटारा सोलुसन्सबीच सम्झौता भएको छ। सम्झौतासँगै नेपाल बैंक वानबीएनपीएलको १३औँ साझेदार बैंक बनेको छ ।

    वानबीएनपीएलको सञ्जालमा खुद्रा पसल, मोबाइल तथा ग्याजेट, घरायसी उपकरण, अस्पताल, रिसोर्ट र होलिडे प्याकेज प्रदायकसहित १५० भन्दा बढी अनलाइन तथा अफलाइन व्यापारिक प्रतिष्ठान आबद्ध छन् ।

    नेपाल बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठकले फिनटेक कम्पनीसँगको सहकार्यले क्रेडिट कार्डबाहकलाई आधुनिक डिजिटल किस्ताबन्दी सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताए ।

    त्यस्तै, फिनटारा सोलुसन्सका कार्यकारी निर्देशक आशिष के. शर्माले नेपाल बैंकसँगको साझेदारीले ग्राहकलाई सहज रूपमा कर्जा सुविधा उपलब्ध गराउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने बताए ।

    सम्झौतामा नेपाल बैंकका रिटेल कर्जा विभाग प्रमुख अर्जुनबहादुर कँडेल र कार्ड विभाग प्रमुख दीपक रेग्मीले पनि ग्राहकका बदलिँदा आवश्यकता पूरा गर्न यो सेवा उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

    यस सुविधाबाट ग्राहकले एकैपटक ठूलो रकम भुक्तानी नगरी आवश्यक वस्तु तथा सेवा खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्