News Portal

  • हिमालयन लाइफको उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न, उत्कृष्ट एजेन्सी म्यानेजर सम्मानित

    आर्थीकसंसार संवाददाता२५ असोज, २०८३
    २६ पटक
    २५ असोज, २०८३

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उप प्रादेशिक कार्यालय डडेल्धुराको आयोजनामा एक दिवसीय विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रमको सञ्चालन डडेलधुरा शाखा प्रमुख दिवाकर अवस्थीले गगरेका थिए भने चैनपुर शाखा प्रमुख नवराज जोशीले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण सहभागीहरूलाई स्वागत गरेका थिए ।

    कार्यक्रमका मुख्य वक्ता तथा सुदूरपश्चिम प्रदेश उपप्रमुख टेकराज आचार्यले बीमाको महत्व, औचित्य र आधुनिक जीवनमा यसको आवश्यकताका बारेमा प्रकाश पारेका थिए । उनले बीमा बिक्री कला, अभिकर्ताको भूमिका तथा जिम्मेवारी, र अभिकर्ताहरूलाई ऊर्जा प्रदान गर्ने महत्वपूर्ण उत्प्रेरणात्मक टिप्स प्रस्तुत गरेका थिए ।

    यसका साथै, उनले कम्पनीको वर्तमान बीमा योजनाहरू र आर्थिक वर्षका वार्षिक स्किमहरूबारे विस्तृत जानकारी गराए ।

    सोही विशेष समारोहका बीच गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्य सम्पादन गरी उत्कृष्ट नतिजा हासिल गर्न सफल एजेन्सी म्यानेजरहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो।

    सहभागीहरुले तालिमबाट प्राप्त ज्ञान र उत्प्रेरणाले आगामी दिनमा व्यवसाय विस्तार गर्न थप ऊर्जा मिलेको बताएका छन्। कार्यक्रम उत्साहजनक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको थियो।

    प्रतिकृया दिनुहोस्